युरोपमा सार्वजनिक भए चाङआनका तीनवटा इभी

मंगलबार, ११ चैत, २०८१
डिजिटल संस्करण

चाङआन अटोमोबाइलले जर्मनीमा आफ्ना तीन ब्रान्ड चाङआन, दिपल र अवतार सार्वजनिक गरेको छ । कम्पनीले एक सार्वजनिक कार्यक्रममार्फत चाङआनले चाङआन एनई–०७, दिपल एस–०५ र युरोप डेब्युका रूपमा दिपल एस–०७ सार्वजनिक गरेको हो । 

यो माइलस्टोन चाङआनको ‘भास्ट ओसन प्लान’अन्तर्गत प्राविधिक नवप्रवर्तन र दिगोपनप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने नयाँ चरण भएको कम्पनीको भनाइ छ । यस वर्ष विश्वव्यापी रूपमा ३० लाख युनिट बिक्री गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

जसमा १० लाख विद्युतीकृत सवारीसाधन हुनेछन् । चाङआन अटोमोबाइलले टेक–ड्रिभन इनोभेसन, इन्टेलिजेन्ट निर्माण र दिगो विकासलाई केन्द्रमा राखेर आफ्नो विश्वव्यापीकरणलाई तीव्र पार्दै आइरहेको छ । 

सुरुमा युरोपका नर्वे, डेनमार्क, जर्मनी, नेदरल्यान्ड्स र बेलायतजस्ता प्रमुख इभी बजारमा र सन् २०२८ सम्ममा कम्पनीले सबै प्रमुख युरोपेली बजारमा उपस्थिति जनाउने योजना बनाएको छ । नेदरल्यान्ड्समा अवस्थित युरोपेली मुख्यालयले व्यापार सञ्चालनको केन्द्रका रूपमा काम गर्नेछ ।

See More On

सुझावित समाचार