महालक्ष्मी विकास बैंकद्वारा देशैभरि वित्तीय साक्षरता तथा सचेतनासम्बन्धी कार्यक्रमहरू सम्पन्न

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकले ग्लोबल मनि विकको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ। बैंकले चैत ४ गतेदेखि १० गतेसम्म साताव्यापी रूपमा मनाइएको ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकका देशैभरि सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरू तथा प्रादेशिक कार्यालयहरूद्वारा वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरू सम्पन्न गरेको हो।

यस साताव्यापी अभियानअन्तर्गत बैंकका गोंगबु, धनगढी, चन्द्रनिगाहापुर, दमौली, इटहरी, जनकपुर ,वीरगन्ज, दमक, टीकापुर, महेन्द्रनगर, बुटवल, लेकसाइड पोखरा, केन्द्रीय कार्यालयलगायतका विभिन्न प्रादेशिक कार्यालयहरूले विद्यार्थी तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप र मनोवृत्ति विकासका लगि वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ।

देशभरि गरिएका कार्यक्रमहरूमा १२ सयजनाभन्दा बढीको सहभागिता रहेका कार्यक्रमहरूमा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवाहरू, विप्रेषण, गुनासो सुनुवाइ, वित्तीय सेवाप्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बिमा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुहरूमा जानकारी गराइएको छ।

साथै, यस बैंकको आधिकारिक सामाजिक सञ्जालका माध्यहरूबाट समेत विभिन्न सचेतनामूलक जानकारीहरू पोस्ट गर्नुका साथै भिडियो सामग्रीसमेत प्रसारण गरिएको छ। यस कार्यबाट किशोर–किशोरी तथा युवा-युवतीमा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

सुझावित समाचार