सकियो एएसी ब्लकसम्बन्धी सम्मेलन

सोमबार, ११ चैत, २०८१
डिजिटल संस्करण

 ‘अटोक्लेभ्ड एएरेटेड कंक्रिट’ (एससी) ब्लकसम्बन्धी सम्मेलन सम्पन्न भएको छ । एएसी ब्रिक उत्पादक संघको आयोजनामा शुक्रबार काठमाडौंमा ‘फस्र्ट एएसी कन्फरेन्सः बिल्डिङ सस्टेनेबल फ्युचर’ नाम सम्मेलन सम्पन्न भएको हो । कार्यक्रममार्फत संघले आर्किटेक, इन्जिनियर, निर्माण व्यवसायीलाई एएसी ब्लकबारे जानकारी गराएको आयोजकले जनाएको छ । 

भारतीय एएसी ब्लकविज्ञ मुकुन्द जोशीले नेपालजस्तो भूकम्पीय जोखिम भएको ठाउँमा एएसी ब्लक उपयोगी हुने बताए । एएसी ब्लक ताप र ध्वनि प्रतिरोधक भएकाले निर्माणपश्चात् बिजुलीसमेत बचत हुने उनको भनाइ थियो । त्यस्तै, सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सरकारको तर्फबाट एएसी ब्लकसम्बन्धी आवश्यक नम्स अनुमोदन भइसेको बताए ।

संघका अध्यक्ष निकोलस पाण्डेले एएसी ब्लक उत्पादनमा थप हौसला मिलेको बताए । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मच्चाकाजी महर्जनले एएसी ब्लकको नम्स अनावरण गर्दै यसको प्रयोग बढाउनुपर्ने बताए । 

सुझावित समाचार