कपिलवस्तु प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ। जिल्ला अदालत कपिलवस्तुको ०७१ असार ३० गतेको फैसला आदेशअनुसार लागुऔषध कसुर मुद्दामा दुई वर्ष कैद र एक लाख जरिवाना तोकिएका कृष्णनगर नगरपालिका– ३ का राजेन्द्रकुमार अग्रवाललाई कपिलवस्तु प्रहरीले प्रकाउ गरेको बताएको छ ।
अग्रवाललाई इलाका प्रहरी कार्यालय कृष्णनगरले आइतबार कृष्णनगर नगरपालिका– ३ मा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको जनाएको छ । अग्रवाललाई जिल्ला अदालतमा उपस्थित गराई उल्लेखित कैद भुक्तानका लागि जिल्ला कारागार तौलिहवा चलान गरिएको बताएको छ ।