काठमाडौंको ठमेलस्थित अमृत साइन्स क्याम्पसको स्ववियु सभापति अनेरास्ववियुले जितेको छ। आइतबार भएको निर्वाचनमा अनेरास्ववियुका रुद्रहरि पोखरेल ३२६ मतान्तरले विजयी भएका हुन्।
अखिल (क्रान्तिकारी)का विश्राम शर्मालाई हराउँदै पाखरेलको प्यानल नै विजयी भएको छ। १९४८ मतदाता रहेको यस क्याम्पसमा १२ सय ९१ मत खसेको छ।
५ चैतमा निर्वाचन तोकिए पनि अखिल क्रान्तिकारी र अनेरास्ववियुको विवादका कारण मतदान हुन सकेको थिएन। विवादबिच निर्वाचन समितिले आइतबार निर्वाचन गराएको हो। यससँगै अनेरास्ववियु १०३ क्याम्पसमा विजयी भएको छ।