भारतको देहरादुनमा अन्तर्राष्ट्रिय व्यापार पर्यटन महोत्सव सुरु भएको छ। ‘हिमालयको मुटुदेखि व्यापार,पर्यटन, र संस्कृति सभ्यताको मुल नारा अघि सारेर उत्तराखण्ड देहरादुनमा अन्तर्राष्ट्रिय व्यापार महोत्सव सुरु भएको हो। सरकार र निजी क्षेत्रको संयुक्त आयोजनामा छिमेकी मुलुक भारत उत्तराखण्डको देहरादुनमा अन्तर्राष्ट्रिय व्यापार पर्यटन महोत्सव संचालन भएको आयोजकले जनाएको छ।
कञ्चनपुर उद्योग वाणिज्य संघले वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहयोगमा देहरादुनमा अन्र्तराष्ट्रिय व्यापार पर्यटन महोत्सव संचालन गरेको हो । तेस्रो पटक संचालन भएको उक्त अन्तर्राष्ट्रिय व्यापार महोत्सवको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिह धामीले उद्घाटन गर्दै महोत्सवले दुवै देशका स्थानीय वस्तु तथा सेवाको कारोबार वृद्धि गर्ने बताए । मुख्यमन्त्री धामीले महोत्सवको नेपाल भारतबिच सदियौँदेखिको नेपाल भारतबिचको सम्बन्धलाई नयाँ पुस्तामा समेत हस्तान्तरण हुने बताए । महोत्सवले दुवै देशका किसान, व्यवसायी र मजदुरविचमा समेत सम्बन्ध विस्तार हुने बताए ।
उनले महोत्सवबाट दुवै देशबिचको धार्मिक, समाजिक, आर्थिक, सांस्कृतिक एवं दैनिक भाईचाराकोसमेत वृद्धि विकासमा जोड दिएका छन् । तेस्रो पटक हुन लागेको उक्त महोत्सवले दुवै देशका किसानले उत्पादन गरेका कृषि वस्तु तथा सेवाको प्रवर्द्धन हुने बताए । भारतीय जनता पाटीका नेता समेत रहेका मुख्यमन्त्री धामीले नेपालको आर्थिक विकासका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सीमावर्ती क्षेत्रमा भौतिक पूर्वाधारदेखिका कार्यक्रम संचालन भएको उल्लेख गरे ।
कार्यक्रमका विशिष्ट अथिति समेत रहेका सुदूरपश्चिम प्रदेशका पुर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले व्यापार मेलाले दुई देशबिचको आर्थिक, समाजिक, सांस्कृतिक सम्बन्धमा थप टेवा पुग्ने बताए । उनले नेपाली तथा भारतीय बस्तुको एक अर्कादेशबिच आदानप्रदानले आर्थिक कारोबारमा वुद्धि गरिने बताए। उत्तराखण्ड विद्यायन सभा सदस्य खडान दाशले पनि महोत्सवले नेपाली वस्तु सहजै भारतमा पाइने भएकाले उपभोक्ताहरुलाई थप सहज हुने बताए ।
कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले तेस्रो पटक अन्तर्राष्ट्रिय व्यापार पर्यटन महोत्सवले दुई देशबिच थप सम्बन्ध विस्तारमा जोड दिएका छन् । अध्यक्ष जोशीले नेपालमा उत्पादित वस्तु तथा सेवाको प्रर्वद्धन, बजारीकरण एवं भारतसँगको व्यापार घाटा पूर्तिका लागि महोत्सव आयोजना गरिएको उल्लेख गरे । यसअघि वाणिज्य संघले दुई पटक देहरादुनमा मेला सम्पन्न गरिसकेको बताउँदै उनले यस पटक पनि मेला संचालन गरिएको बताए ।