विश्वकपमा छनोट हुने पहिलो राष्ट्र जापान

शुक्रबार, ७ चैत, २०८१
डिजिटल संस्करण

एसियाली मुलुक जापान फिफा विश्वकप– २०२६ मा छनोट हुने पहिलो राष्ट्र बनेको छ । एसिया छनोटको तेस्रो चरणमा बिहीबार बहराइनविरुद्ध २–० को जित निकाल्दै जापानले विश्वकपमा स्थान पक्का गरेको हो ।

जापान लगातार आठौँपटक विश्वकपका लागि छनोट भएको हो । जापानले सन् १९९८ यताका सबै विश्वकपमा सहभागिता जनाएको छ । जितसँगै सात खेलमा १९ अंक जोडेको जापान समूह ‘सी’को शीर्ष स्थानमा छ । पराजित बहराइन समान खेलबाट ६ अंकका साथ पाँचौँ स्थानमा छ । 

घरेलु मैदानमा जापानलाई जित दिलाउन डाइची कामाडा र ताकेफुसा कुबोले गोल गरेका थिए । दुवै गोल दोस्रो हाफमा भएको हो । खेलको ६६औँ मिनेटमा कामाडाको गोलमार्फत जापानले अग्रता लिएको थियो । तीन मिनेट बाँकी रहँदा कुबोले गोल गर्दै जापानलाई सहज जित दिलाएका हुन् । आगामी फिफा विश्वकप अमेरिकासँगै क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्नेछन् । 

See More On

सुझावित समाचार