पद्मकन्या क्याम्पस स्ववियु सभापतिमा बागी उम्मेदवार भुपेश्वरी ऐर निर्वाचित

शुक्रबार, ७ चैत, २०८१
डिजिटल संस्करण

पद्मकन्या क्याम्पसकाे स्ववियु सभापतिमा बागी उम्मेदवार  भुपेश्वरी (भूपी) ऐरले जितेकी छिन्। उनी नेविसंघनिकट हुन्। संगठनले यहाँ पूर्णिमाया परियारलाई उम्मेदवार उठाएको थियो ।

तर, विद्रोह गर्दै बागी उम्मेदवारी दिएकी गगन थापानिकट मानिने ऐरले जितेकी हुन्। ऐरले ७३० मत प्राप्त गरिन भने उनकी निकटतम प्रतिस्पर्धी नेविसंघकी  परियारले ३७९ मत ल्याइन् । यहाँ सचिवमा ऐर प्यानलकै सन्ध्या बस्याल र कोषाध्यक्षमा संकल्पिका थापा विजयी भएका छन् ।

सुझावित समाचार