काठमाडौंका फरक–फरक दुई ठाउँमा कुकर पड्किँदा दुईजना घाइते भएका छन्। घाइते हुनेमा नुवाकोटको विदुर नगरपालिका–९ का २३ वर्षीय विशाल तामाङ र सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ का ३४ वर्षीय ज्ञानबहादुर श्रेष्ठ रहेका छन्।
तारकेश्वर नगरपालिका–३, तीनपिप्लेस्थित सविन तिवारीले सञ्चालन गरेको उज्ज्वल तथा सम्पन्न खाजाघरमा कुकरको ढक्कन पड्किँदा नुवाकोटका तामाङ घाइते भएका हुन् भने श्रेष्ठ काठमाडौं महानगर–२७, लक्ष्मीनारायण भवनस्थित लक्ष्मीनारायण आर्केड खाजाघरमा कुकर पड्किँदा घाइते भएका हुन्।
तामाङको अनुहारमा चोट लागेको छ। उनको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। श्रेष्ठको खुट्टा फ्याक्चर हुनुका साथै हातमा गम्भीर चोट लागेको छ। उनको न्युरोडस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।