एसइईको पहिलो दिन नै जाजरकोटमा प्रश्नपत्र आउट

बिहिबार, ६ चैत, २०८१
डिजिटल संस्करण

माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिन नै जाजरकोटमा एसइईको  प्रश्नपत्र आउट भएको बताइएको छ। जाजरकोटको शिवालय गाउँपालिकामा अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ। परीक्षा सुरु भएको एक घण्टा नबित्दै प्रश्नपत्र सामाजिक सञ्जालमार्फत बाहिरिएको एक विद्यार्थीले बताए ।

तर, प्रश्नपत्र अहिलेसम्म नबाहिरिएको केन्द्राध्यक्ष  शेरबहादुर खत्रीले बताए । परीक्षा मर्यादित ढंगले सञ्चालन भएको उनले बताए । उनले भने, ‘हामीले पूरै निगरानी बढाएका छौँ । विद्यालयबाट अहिलेसम्म कुनै प्रश्न बाहिर गएको छैन।’
 

See More On

सुझावित समाचार