लेखन सहयोगीकाे सहायतामा एसइईकाे परीक्षा (तस्बिरसहित)

बिहिबार, ७ चैत, २०८१
डिजिटल संस्करण

ललितपुरको नमुना मच्छेन्द्र माविमा अध्ययनरत सातजना दृष्टिविहीन विद्यार्थीले लेखन सहयोगीको सहायतामा एसइईको परीक्षा दिएका छन् । शारीरिक अपांगता भएका विद्यार्थीले लेखन सहयोगीलाई प्रश्नको उत्तर भनिदिन्छन् । परीक्षार्थीले जे उत्तर भन्छन्, लेखन सहयोगीले त्यही उत्तर लेखेर परीक्षा दिने गरिन्छ । 

आज देखि सुरु भएको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका छन् । देशभरका दुई हजार ८० केन्द्रमा बिहान ८ बजेदेखि परीक्षा सुरु भएकाे हाे ।

हेर्नुस् केही तस्बिर:

See More On

सुझावित समाचार