धरानको केन्द्रीय प्रविधि क्याम्पसमा स्वतन्त्र उम्मेदवार विजयी

बिहिबार, ६ चैत, २०८१
डिजिटल संस्करण

केन्द्रीय प्रविधि क्याम्पस धरानमा स्वतन्त्र उम्मेदवार पेशलराज आचार्य स्ववियु सभापतिमा निर्वाचित भएका छन्। आचार्य ४१३ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी अनिरुद्र श्रेष्ठले ३६४ मत प्राप्त गरे।

श्रेष्ठ नेविसंघ र अनेरास्ववियुको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका थिए । स्ववियुको सचिवमा भने गठबन्धनबाट नेविसंघका विश्वेश्वरप्रसाद बडु निर्वाचित भए। उनले ४२७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी विकास तामाङले ३५० मत प्राप्त गरे। कोषाध्यक्षमा अखिल क्रान्तिकारीका नामसाङ राईले ४०८ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका भुवन शाह शंकरले ३५९ मत प्राप्त गरे।

सदस्यहरूमा अस्मिता सुवेदीले ४२३, निशन पराजुलीले ४०७, राजकुमार कठेतले ४०५, दिव्या रायमाझीले ४०२, बरदान राईले ३७२, हाङसु लिम्बुले ३६८, निजल तामाङले ३६६ मत प्राप्त गरेका थिए । कुल मतदाता ९६२ रहेको केन्द्रीय  प्रविधि क्याम्पसमा ७८५ मत  मत खसेको थियो ।
 

सुझावित समाचार