सर्वोच्च अदालतको आदेशपछि मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो पुनः काममा फर्किएका छन् ।
२० फागुनमा बसेको विश्वविद्यालय सिनेट बैठकले उपकुलपति डा. महतो र रजिस्ट्रार भगवान ठाकुरलाई हटाउँदै नयाँ पदपूर्तिका लागि सूचना आह्वान गरेको थियो। सिनेट बैठकको निर्णयविरुद्ध डा. महतोले १ फागुनमा सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।
रिटमाथि ३ फागुनमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले डा. महतोलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न मधेश प्रदेशका मुख्यमन्त्री एवं मधेश कृषि विश्वविद्यालयका कुलपतिसमेतका नाममा अन्तरिम आदेश जारी गरेको थियो।