गैँडाकोटको कालिका संस्कृत विद्यापीठमा सर्वसम्मत नेतृत्व चयन

मंगलबार, ४ चैत, २०८१
डिजिटल संस्करण

नवलपुरको गैँडाकोटमा रहेको कालिका संस्कृत विद्यापीठमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सर्वसम्मत चयन भएको छ। नेविसंघ र अनेरास्ववियुले संयुक्त रूपमा मनोनयन दर्ता गरेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो।

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत सञ्चालित गैँडाकोट– ६ को कालिका संस्कृत विद्यापीठमा नेविसंघका अनुप भण्डारीको नेतृत्वमा स्ववियु सर्वसम्मत घोषणा भएको निर्वाचन संयोजक कपिलदेव भट्टराईले बताए।

उनका अनुसार सचिवमा अनेरास्ववियुका कमल सापकोटा, कोषाध्यक्षमा नेविसंघका लक्ष्मणप्रसाद सापकोटा, सदस्यहरूमा नेविसंघकै कृष्ण पौडेल र तुलसा पौडेल तथा अनेरास्ववियुका सागर भुसाल सर्वसम्मत निर्वाचित भएका छन्।

समानुपातिकतर्फको सदस्यमा नेविसंघका मिलनकुमार पराजुली, ऋषि अधिकारी र अनेरास्ववियुका सुजन ढुंगेल निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ।

सुझावित समाचार