पाटन संयुक्त क्याम्पसमा झडप, तीनजना घाइते

मंगलबार, ५ चैत, २०८१
डिजिटल संस्करण

ललितपुरको पाटन संयुक्त क्याम्पसमा विद्यार्थी संगठनहरूबिच झडप भएको छ । मंगलबार मतदान सुरु भएर ११९ मत खसेपछि विवाद सुरु भएको थियो । मतदाताको नाम र फोटो मेल नखाएपछि विवाद सुरु भएको थियो ।

नेविसंघ, क्रान्तिकारी र अनेरास्ववियुका विद्यार्थी नेताहरूबिच झडप हुँदा तीनजना घाइते भएका छन् । रड र ढुंगा प्रयोग गरेर हानाहान भएको थियो । घाइते भएका तीनजनाको अवस्था सामान्य रहेको र उनीहरूको पाटन अस्पतालमा उपचार भइरहेको छ । झडप भएपछि चुनाव नै रोकिएको छ ।

तर, नेविसंघले जति मत खसेको छ त्यही मतका आधारमा विजयी घोषणा गर्नसमेत माग गरेको छ ।

सुझावित समाचार