अघिल्लो कारोबार दिन उच्च विन्दुमा पुगेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि सामान्य घटेको छ ।
गत शुक्रबार प्रतितोला एक लाख ७४ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला चार रुपैयाँले घटेर एक लाख ७४ हजार एक कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ मा कायम भएको छ । शुक्रबार प्रतितोला चाँदी दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस दुई हजार नौ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।