सन् २०१४ : एक लोकप्रिय जनमतसंग्रहमा क्रिमियाले युक्रेनबाट अलग भएर रुसी संघमा सामेल हुने पक्षमा मतदान गर्यो । धेरै देशको विरोधका बाबजुद रुसले पछि यस क्षेत्रलाई आफ्नो कब्जामा लियो ।
सन् १९३५ : एडोल्फ हिटलरले जर्मनमा पुनः हतियार प्रयोगको आदेश दिनुका साथै भर्साइल सन्धिको उल्लंघन गरे ।
सन् १९४५ : दोस्रो विश्वयुद्धको समयमा अमेरिकी पनडुब्बीहरूले जापानी टापु इवो जिमा कब्जा गरे ।
सन् १९६२ : रोबर्ट गुडार्डले पहिलो तरल–इन्धन सञ्चालित रकेट प्रक्षेपण गरे ।
सन् १९६८ : अमेरिकी सेनाबाट सयाैँ नि:शस्त्र भियतनामी नागरिकको आमसंहार । आमसंहारमा मारिएका ५०४ व्यक्तिमा थुप्रै बालबालिका पनि थिए ।
सन् १९७८ : अन्तरिक्षयान सोयोजु २६ पृथ्वीमा फर्कियो ।
सन् १९७८ : कच्चा तेलबाहक अमोको काडिजबाट फ्रान्सको तटीय क्षेत्रमा दुई लाख २३ हजार टन कच्चा तेल पोखियो ।
सन् १९८४ : एक–अर्काका आन्तरिक दुस्मनलाई सहयोगमा निषेध लगाउने सन्धिमा मोजाम्बिक र दक्षिण अफ्रिकाबिच हस्ताक्षर ।
सन् १९८८ : कुर्दिस सहर हलाब्जामा विषाक्त ग्यास आक्रमण हुँदा पाँच हजार गैरसैनिक नागरिकको मृत्यु । यो युद्ध अपराध इराकका अत्याचारी शासक सद्दाम हुसेनको आदेशमा भएको मानिन्छ ।