भैैरहवामा बुद्धको अस्तिधातुसहितको धम्मयात्रा सम्पन्न (फोटोफिचर)

शनिबार, १ चैत, २०८१
डिजिटल संस्करण

भैरहवामा बुद्धको अस्तिधातुसहितको धम्मयात्रा सम्पन्न भएको छ । बौद्ध समाज नेपालको व्यवस्थापन तथा अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघ, लुम्बिनी विकास कोषलगायत संघसंस्थाको समन्वयमा धम्मयात्रा सम्पन्न भएको हो ।

धम्मयात्रामा पाँच सय प्रवजित अल्पकालीन भिक्ष, भन्तेहरू, स्थानीय बासिन्दा, संघसंस्था, स्थानीय सरकारका प्रतिनिधि सहभागी थिए । भैरहवाको सिद्धार्थ रंगशालादेखि बुद्धचोकको लुम्बिनी गेटसम्म धम्मयात्रा भएको थियो । धम्मयात्राले बुद्धको सन्देशलाई स्थानीयहरूसम्म पुर्याउन सहयोग पुगेको आयोजकको भनाइ छ । धम्कायका अध्यक्ष भन्ते फ्रा थाभोर्न थाभ्राले गत वर्ष एक हजार २५० जनाको श्रामणेर गरिएको बताए । उनले श्रामणेरमा प्रवजित अल्पकालीन भिक्ष, भन्तेहरू धम्मयात्रामा सरिक भएको बताए।

सुझावित समाचार