प्रधानमन्त्री कप क्रिकेट : बागमतीद्वारा सुदूरपश्चिमलाई २६७ रनको लक्ष्य

शुक्रबार, ३० फागुन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २६७ रनको लक्ष्य दिएको छ। रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा ‘टस’ जितेर पहिला ब्याटिङ गरेको बागमतीले आशुतोष घिरैया र शुभ कंसाकारको अर्धशतकको मद्दतमा निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६६ रन बनायो।

घिरैयाले १०१ बल खेल्दै पाँच चौका हान्दै ५८ रन बनाए । यस्तै, कंसाकारले ६८ बलको सामना गर्दै पाँच चौका र चार छक्काको मद्दतमा ७७ रन बनाए ।  

यसैगरी, ईशान पाण्डेले ३६, पृथु बाँस्कोटाले १५ तथा प्रतिस जिसीले १५ रनको योगदान दिए । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी, शेर मल्ल र सूर्य श्रेष्ठले दुई–दुई तथा नारायण जोशी र राहुल भण्डारीले एक–एक विकेट लिए । अहिले सुदूरपश्चिमले बागमतीविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ । 

सुझावित समाचार