बी डिभिजन राष्ट्रिय लिग फुटबल खेल्दै आएको बाँसबारी क्लबलाई आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले प्रायोजन गरेको छ। सो इन्स्योरेन्सले १० लाख रुपैयाबराबरको प्रायोजन गरेको हो।
बाँसबारी क्लबका अध्यक्ष तथा काठमाडौं वडा नम्बर ३ का अध्यक्ष प्रेम थापा तथा इन्स्योरेन्सका प्रतिनिधिहरूले प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। इन्स्योरेन्सले सात लाख नगद र तीन लाखबराबरको खेलकुद सामग्री क्लबलाई प्रदान गर्नेछ।
