एनआइएमबि अध्यक्ष पाँडेले लिए शपथ

मंगलबार, २७ फागुन, २०८१
डिजिटल संस्करण

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका नवनियुक्त अध्यक्ष पृथ्वीबहादुर पाँडेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। पाँडेले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष शपथ लिएका हुन् ।

बैंकको गत मंगलबार बसेको सञ्चालक समिति बैठकले पाँडेलाई अध्यक्षमा चयन गरेको थियो । शपथग्रहण कार्यक्रममा गभर्नर अधिकारीसहित डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रलगायको उपस्थिति थियो । 

सुझावित समाचार