विद्यार्थीहरूको झगडाले नवलपुरका दुई कलेजमा स्ववियु निर्वाचन स्थगित

मंगलबार, २७ फागुन, २०८१
डिजिटल संस्करण

विद्यार्थी संगठनहरूको झगडाका कारण नवलपुरका दुईवटा कलेजमा स्ववियु निर्वाचन स्थगित भएको छ ।नवलपुरको गैँडाकोटमा रहेको एसपिएम कलेज र गैँडाकोटको अमरापुरीमा रहेको जनमुखी कलेजमा स्ववियु निर्वाचन नहुने भएको हो । 

आज यी दुई कलेजको निर्वाचन अधिकृतले सूचना जारी गरी निर्वाचन गर्ने वातावरण नभएको भन्दै तत्काललाई स्ववियु निर्वाचन स्थगित गरेको जनाएको छ । नवलपुरमा स्ववियु निर्वाचन हुने भनिएका १० वटा क्याम्पसमा अनेरास्ववियुले ताला लगाएको थियो ।

सुझावित समाचार