अन्तर क्लब पुरुष टी–२० क्रिकेटको उपाधि लेखनाथलाई

सोमबार, २६ फागुन, २०८१
डिजिटल संस्करण

लेखनाथ युथ क्रिकेट क्लबले पोखरामा सम्पन्न दोस्रो अन्तर क्लब पुरुष टी–२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि हात पारेको छ। पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन एवं व्यवस्थापनमा सम्पन्न प्रतियोगिताको सोमबार सम्पन्न फाइनलमा माछापुच्छ्रे क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै लेखनाथले उपाधि जितेको हो।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लेखनाथले निर्धारित २० ओभर खेल्दै सात विकेट गुमाएर १५० रन जोडेको थियो। जितका लागि १५१ रनको लक्ष्य पाएको माछापुच्छ्रेले जवाफी ब्याटिङका क्रममा २० ओभरमा सात विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो।

खेलमा लेखनाथका लागि पुष्पेन्द्र झाले ३२ बलमा ३२ रन, दीपक बरालले २३ बलमा २८ रन, प्लेयर अफ द म्याचसमेत बनेका मार्सल बरालले १८ बलमा २२ रन जोड्दा माछापुच्छ्रेका लागि आशिष न्यौपानेले २७ बलमा २३ रन, पूर्णबहादुर जिटीले १५ बलमा २२ रन जोडे।

माछापुच्छ्रेका लागि रितेश बरालले २२ रन खर्चिएर तीन विकेट तथा धीरज अधिकारीले २५ रन खर्चेर दुई विकेट हात पार्दा लेखनाथका मार्सल बरालले १४ रन खर्चेर दुई विकेट लिए।

बेस्ट प्लेयर अफ द टुर्नामेन्टको उपाधि लेखनाथका दीपक बरालले पाउँदा माछापुच्छ्रेका प्रमोद बास्तोला बेस्ट बलर, कास्की क्रिकेट क्लवका आदित्य थापा बेस्ट ब्याट्सम्यान घोषित भएका आयोजक संघका अध्यक्ष वीरेन्द्र पुनले जानकारी दिए।

सुझावित समाचार