सिटिजन्स बैंक र जननी फर्टिलिटी क्लिनिकबिच समझदारी

सोमबार, २६ फागुन, २०८१
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कुपन्डोलस्थित जननी फर्टिलिटी क्लिनिकबिच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले जननी फर्टिलिटी क्लिनिकमा औषधि खरिदमा पाँच प्रतिशत छुट, प्याथोलोजी टेस्टमा १० प्रतिशत छुट र डाक्टर परामर्शमा ५० प्रतिशतसम्म छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सुझावित समाचार