नेप्सेको सिइओका लागि १० जनाको आवेदन

सोमबार, २६ फागुन, २०८१
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्न १० जनाको आवेदन परेको छ । आइतबार साँझ पाँच बजे अन्तिम दिनसम्ममा आवेदन परेको हो । 

आवेदन दिनेमा इलामका पूर्णप्रसाद आचार्य, नुवाकोटका बद्रीप्रसाद प्याकुरेल, सर्लाहीका नारदकुमार लुइँटेल, झापाका युवराज दाहाल, काभ्रेपलाञ्चोकका प्रवीण अधिकारी, झापाका चूडामणि चापागाईं, सिराहाका विमलकुमार तिवारी, पाल्पाका कृष्णबहादुर कार्की, पाल्पाकै हेमन्त वश्याल र डडेलधुराका मुकन्दराज जोशीले आवेदन दिएका हुन् । 

नेप्सेको सिइओका लागि खुलाइएको आवेदनमा गत १८ वैशाखसम्ममा पूर्णप्रसाद आचार्यको मात्रै आवेदन परेको थियो । एकजनाको मात्रै आवेदन परेपछि अर्थ मन्त्रालयले थप एक साताका लागि म्याद थपेको थियो । शुक्रबारसम्ममा आचार्यबाहेकको आवेदन नपरेकोमा आइतबार अन्तिम दिन १० जनाले आवेदन दिएका छन् । 

सुझावित समाचार