रोहितको सफलताः एक वर्षमा भारतलाई दुई वटा आइसीसी उपाधि

आइतबार, २५ फागुन, २०८१
डिजिटल संस्करण

पछिल्लो दशक भारतीय क्रिकेट टिमले महत्वपूर्ण प्रतियोगितामा निराशाजनक प्रदर्शन गर्दै आएको थियो। सन् २०१३ मा च्याम्पियन ट्रफी जितेयता राष्ट्रिय टिमले आइसीसी ट्रफीको खडेरी भोग्दै आएको थियो। 

राम्रो प्रदर्शन हुन नसकेको भन्दै सन् २०१७ मा विराट कोहलीलाई हटाएर रोहित शर्मालाई भारतीय राष्ट्रिय टिमको कप्तान बनाइयो। तैपनि भारतले उपाधि जित्न सकेन । पछिल्लो एक वर्षयता रोहितलाई पनि क्रिकेटबाट सन्यासको दबाबमा पर्दै गएका थिए। 

तर, एक वर्षको बीचमा उनले भारतलाई दुई वटा आइसीसी उपाधि दिएका छन्। गत जुलाईमा भएको टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गरी भारत च्याम्पियन बनेको थियो। अहिले १० महिनापछि उनै रोहितको कप्तानीमा भारत न्युजिल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफी २०२५ को विजेता बनेको छ। फाइनल खेलमा ७६ रन जोडेका रोहित म्यान अफ दी म्याच समेत बने। 

दुई वटा उपाधिसँगै भारतीय क्रिकेटको इतिहासमा उनी एक सफल कप्तान बनेका छन्। उनको कप्तानीमा भारतले १४१ खेल खेलेको १०२ खेलमा विजयी भएको छ। 
 

सुझावित समाचार