‘प्रतिवेदनका आधारमा ग्यास उद्योगीको ओभरहेड खर्च वृद्धि’

शनिबार, २४ फागुन, २०८१
डिजिटल संस्करण

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिवेदनले दिएको सुझावका आधारमा ग्यास उद्योगीको ओभरहेड खर्च वृद्धि गरिएको प्रस्टीकरण दिएको छ ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम विक्रेताको कमिसनमा प्रतिशत वृद्धि भएको नभई विगतमा प्रयोगमा आएको मूल्यवृद्धिलाई मध्यनजर गरी निश्चित मूल्यभन्दा बढी नपाउने गरी क्यापिङ (सीमा लगाइएको) लगाइएको पनि जानकारी दिएको छ ।

आयल निगमको सञ्चालक समितिवाट क्यापिङ गरिएको मूल्यमा सामान्य बढोत्तरी मात्रै भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । 

उद्योगमन्त्री दामोदर भण्डारीको समन्वयमा आयल निगमले ग्यास उद्योगीलाई प्रतिसिलिन्डर १२.७५ रुपैयाँ ओभरहेड खर्च र पेट्रोलपम्प सञ्चालकको कमिसनदर पनि वृद्धि गरेको थियो । 
 

सुझावित समाचार