युक्रेनको ऊर्जा पूर्वाधारमा रुसद्वारा भीषण आक्रमण

शुक्रबार, २३ फागुन, २०८१
डिजिटल संस्करण
युक्रेनको ऊर्जा पूर्वाधारमा रुसद्वारा भीषण आक्रमण

प्रतिकात्मक तस्बिर

रुसले युक्रेनका ऊर्जा पूर्वाधारमा भीषण आक्रमण गरेको छ। युक्रेनका ऊर्जामन्त्री जर्मन गालुस्चेन्कोले रुसले ऊर्जा पूर्वाधारमा अर्को ठुलो आक्रमण गरेको जानकारी दिएका हुन्।

‘युक्रेनका विभिन्न क्षेत्रहरूमा ऊर्जा र ग्यास पूर्वाधार फेरि ठुलो मिसाइल र ड्रोन आक्रमणको चपेटामा परेको छ,’ उनले भनेका छन्। गालुस्चेन्कोले उद्धार टोली र ऊर्जा क्षेत्रका कामदारहरूले आक्रमणपछिको अवस्थालाई सामना गर्न आक्रमण भएको ठाउँमा काम गरिरहेको बताए।

उनले ऊर्जा र ग्यास आपूर्तिलाई स्थिर बनाउन आवश्यक सबै उपाय अपनाइने बताए। क्षेत्रीय सैन्य प्रशासनका अनुसार, पश्चिमी टेर्नोपिल क्षेत्रको एक महत्त्वपूर्ण औद्योगिक सुविधा प्रभावित भएको छ, जसले यस क्षेत्रमा ग्यास आपूर्तिमा प्रतिबन्ध लगाउने सम्भावना छ।

रुसी सेनाले युक्रेनमा धेरै ड्रोनका साथै क्रुज र ब्यालिस्टिक मिसाइल प्रहार गरेको युक्रेनी वायुसेनाले जनाएको छ।

सुझावित समाचार