त्रिविका रेक्टर केसीको कार्यकक्षमा तोडफोड

शुक्रबार, २३ फागुन, २०८१
डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोड भएको छ। सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताले तोडफोड गरेका हुन्।

त्रिविका प्रवक्ता यमसिंह बोहराले तोडफोडको कारण थाहा नभएको बताए। उनका अनुसार बिहान १० बजे नै कार्यालय तोडफोड भएको हो।

त्रिविले चारवटा विभाग थपेको विषयमा विवाद भएको थियो। सोही विषयलाई लिएर त्रिवि संघर्ष समितिले तोडफोड गरेको त्रिविका स्ववियु सभापति श्यामराज ओझाले बताए।

सुझावित समाचार