दीक्षान्त समारोहकै मुखमा कांग्रेसनिकट प्राध्यापक आन्दोलित

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

२५ फागुनमा सुदूरपश्चिम विश्वविश्वविद्यालयले पाँचौँ दीक्षान्त समारोह आयोजना गर्दै छ। दीक्षान्त समारोहको चटारो चलिरहेका वेला सत्ताधारी कांग्रेसनिकट प्राध्यापकहरू भने आन्दोलित भएका छन्। प्रजातान्त्रिक प्राध्यापक संघ नेपालले यही क्रममा बुधबार  विविश्वविद्यालयको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। 

उनीहरू उपकुलपति डा. हेमराज पन्त, रजिस्ट्रार यज्ञराज पाठकसँग विगतमा प्राध्यापक संघले अघि सारेका माग पूरा गर्न ढिला गरेको भन्दै आन्दोलित भएका हुन्। प्रजातान्त्रिक प्राध्यापक संघ नेपाल सुपवि इकाइ सभापति मदन देउवाले विगतमा संघले उपकुलपति पन्त, रजिस्ट्रार पाठकलाई दिएको मागपत्रबारे सुनुवाइ नहुँदा छलफल गरेको बताए।

उनका अनुसार आन्तरिक तथा  खुला प्रक्रियाबाट शिक्षक कर्मचारी भर्ना, बढुवादेखिका नियमित कामकाज गर्नुपर्ने माग गरेका छ। ‘सेवा आयोगले अड्काएको कामकाज अघि बढाउनुपर्ने भन्दै हामीले गम्भीर ध्यानाकर्षण गराएका छौँ,’ उनले भने, ‘नियमित कामकाज मात्रै अघि बढाऊँ भनेका छौँ।’ देउवाले आफ्ना मागमा विश्वविद्यालय गम्भीर नहुँदा चेतावनी दिएको बताए। उनले दीक्षान्त समारोहमा प्रभाव नपर्ने गरी आन्दोलन गरेको दाबी गरेका छन्।

सुुदूरपश्चिम विश्वविद्यालका रजिस्ट्रार यज्ञराज पाठकले प्राध्यापक संघले अघि सारेका माग सेवा आयोगमा प्रक्रियागत रूपमा अघि बढिरहेको बताए। ‘प्राध्यापक संघका साथीहरूले अघि सारेका मागमा सम्बोधन हुन्छ,’ उनले भने, ‘बजारमा आएका हल्ला मात्रै हुन्, यस आन्दोलनले दीक्षान्त समारोहमा प्रभाव पर्दैन।’ यसअघि पनि विभिन्न माग अघि सार्दै विद्यार्थी, शिक्षक कर्मचारीले आन्दोलन गर्दै आएका थिए। केन्द्रीय क्याम्पसका केही शाखामा अझै पनि तालाबन्दी नै छ। 
 

सुझावित समाचार