च्याम्पियन्स ट्रफीमा अहिलेसम्मकै उच्च स्कोर

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

आइसिसी च्याम्पियन्स ट्रफीमा अहिलेसम्मकै उच्च स्कोर बनेको छ। बुधबारको सेमिफाइनल खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध ६ विकेट गुमाएर ३६२ रन बनाएको हो। च्याम्पियन ट्रफीको इतिहासमा यो अहिलेसम्मकै उच्च स्कोर हो। 

टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डका दुई खेलाडीले शतक प्रहार गरे। रचिन रभिन्द्रले १०१ बलमा १०८ तथा केन विलिम्सनले ९४ बलमा १०२ रन प्रहार गरेका हुन्। 
फाइनलमा पुग्नका लागि दक्षिण अफ्रिकाले लाहोर मैदानमा अर्काे रेकर्ड बनाउनुपर्नेहुन्छ। यसअघि अस्ट्रेलियालाई पराजित गरी भारत फाइनलमा प्रवेश गरिसकेको छ। 
 

सुझावित समाचार