लगातार तेस्रो दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन दिन भने लगातार दोहोरो अंकको गिरावट देखिएको छ। 

आज नेप्से परिसूचक २५.१६ अंकले घटेर दुई हजार ८२१.१३ को विन्दुमा कायम भएको हो । ३०८ कम्पनीको दुई करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर एक लाख एक हजार ६०३ पटक खरिद–बिक्री हुँदा रु. १० अर्ब ९७ करोड २६ लाख ५४ हजार ४७३ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा व्यापार समूह ०.४३ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । बैंकिङ १.०४, विकास बैंक १.३१, वित्त १.५५, होटेल तथा पर्यटन १.०५, जलविद्युत् ०.३७ र लगानी समूह १.२४ प्रतिशतले घटेको छ । 

त्यस्तै, जीवन बिमा १.४५, उत्पादन तथा प्रशोधन ०.९४, लघुवित्त ०.५०, म्युचुअल फन्ड ०.१५, निर्जीवन बिमा १.५१ र अन्य समूह ०.७६ प्रतिशतले घटेको छ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य ६.८४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु. ९६ करोड ७० लाख ९५ हजारबराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड– २ को ११ लाख १३ हजार ३३५ कित्ता सेयर किनबेच भएको छ ।

सुझावित समाचार