नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा नाै सय रुपैयाँले बढेर एक लाख ७० हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो।