अमेरिकाबाट निष्कासन गरिएका नेपालीलाई अध्यागमनले प्रहरीको जिम्मा लगायो

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

अमेरिकाबाट निष्कासनमा परेका नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले प्रहरीको जिम्मा लगाएको छ । उनीहरूलाई अमेरिकाले चार्टर्ड विमानमै नेपाल ल्याएर बुधबार बिहान छाडेको थियो ।

विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईका अनुसार आठजनालाई प्रहरीको जिम्मा लगाइएको छ । उनीहरू मानवतस्करमार्फत अमेरिका गएको हुन सक्ने भएकाे भन्दै प्रहरीले सोधपुछका लागि उनीहरूलाई लगेको हो। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ गरेर उनीहरूलाई परिवारको जिम्मा लगाउने तयारी गरेको छ। 

बुधबार नै नियमित उडानमार्फत अमेरिकाबाट निष्कासनमा परेका थप नेपालीहरू आउन लागेको अध्यागमन स्रोत बताउँछ । 
 

सुझावित समाचार