काठमाडौंमा टिपरविरुद्ध ट्राफिकको कारबाही अभियानः एकै दिन ४२ वटा नियन्त्रणमा

सोमबार, १९ फागुन, २०८१
डिजिटल संस्करण

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम मिच्ने टिपरविरुद्ध कारबाही अभियान सुरु गरेको छ। आइतबार बेलुका मात्र काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ४२ वटा टिपर ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। 

यसरी नियन्त्रणमा लिइएकामध्ये २७ वटाले ढाला थपेका थिए। त्यस्तै, १० वटामाथि ओभरलोड र पाँचवटासँग कागजपत्र नभएकाले कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले बताए। 

‘टिपरहरूले नियम मिचेको गुनासोपछि हामीले कारबाही अभियान सुरु गरेका हौँ,’ उनले भने, ‘स्वरूप परिवर्तन गर्ने टिपरलाई कारबाहीका लागि यातायात कार्यालय पठाउँछौँ।’ यस्तो कसुरमा न्यूनतम सात हजार रुपैयाँ जरिवाना हुने प्रावधान छ। 
 

See More On

सुझावित समाचार