नेकपा (एमाले)ले पाथीभरामा केबलकार निर्माणका लागि सहजीकरण गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।
आइतबार बसेको एमाले सचिवालय बैठकले केबलकार निर्माण प्रक्रिया अघि बढाउन छलफलमार्फत सहज वातावरण बनाउन भूमिका खेल्ने निर्णय गरेको बैठकपछि महासचिव शंकर पोखरेलले जानकारी दिए।
‘केबलकार निर्माणका सन्दर्भमा उत्पन्न भएको विवादमा स्थानीय जनप्रतिनिधिहरू, स्थानीय प्रशासन र सरोकारवाला समूहहरूसँग छलफल गरी समस्यालाई समाधान गर्ने र केबलकार निर्माणको प्रक्रियालाई अगाडि बढाउन सहज वातावरण तयार गर्ने कुरामा पार्टीले चासो राखेको छ। त्यही प्रकारको भूमिका खेल्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गरेको छ,’ पोखरेलले भने।