प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : कास्की र तनहुँ फाइनलमा

शनिबार, १७ फागुन, २०८१
डिजिटल संस्करण

कास्की र तनहुँ पोखरामा जारी प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन्।

प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा जित हात पार्दै कास्कीले अन्तिम दुईमा स्थान बनाउँदै उपाधिका लागि तनहुँसँगको भेट पक्का गरेको हो। 

मौसमका कारण ५० ओभरको खेल ४० ओभरमा झारिएको शनिबारको खेलमा कास्कीले नवलपुरलाई ९ विकेटले पराजित गरेको थियो। खेलमा टस जितेर ब्याटिङ रोजेको नवलपुरले २१.४ ओभर खेल्दै ९८ रन बनाएको थियो। ९९ रनको लक्ष्य पाएको कास्कीले १९.१ ओभर खेल्दै एक विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

नवलपुरका प्रमेश अर्यालले १७, आर्या महतोले ११, आयुष सुवेदीले १४ र कमल परियार १५ रनमा अविजित रहे। कास्कीका लागि अर्जुन कुमाल नटआउट रहँदै आठ चौकासहित ४७, मुस्कार थापाले पाँच चौकासहित ३५ रन बनाउँदा रोहित चन्द ९ रनमा अविजित रहे। 

खेलमा कास्कीका सुवास भण्डारीले ४.४ ओभर खेल्दै १ मेडनसहित २६ रन खर्चिएर ५ विकेट हात पारेका थिए। कास्कीका विपिन खत्री र नितेश गिरीले समान दुई-दुई विकेट हात पारे।
 

सुझावित समाचार