फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

शुक्रबार, १६ फागुन, २०८१
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा आज ग्रिस प्रस्थान गरेकी छिन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाह, केन्द्रीय सदस्य पेमा डोल्मा लामा  र महिला टोलीकी व्यवस्थापक वृन्दा देवानलगायतले एन्जिलालाई बिदाइ गरेका थिए ।

एन्जिला व्यावसायिक फुटबल खेल्न ग्रिस प्रस्थान गरेकी हुन् । त्यहाँ उनले निस अट्रोमिटौबाट ग्रिक महिला ‘ए’ डिभिजन लिग खेलिरहेकी छिन् । 

यही फागुन १४ गते भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग २-० ले पराजित भएको थियो । प्रतियोगितामा यी दुई टोलीसँगै लेबनान र किर्गिस्तानको सहभागिता थियो ।

सुझावित समाचार