नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

शुक्रबार, १६ फागुन, २०८१
डिजिटल संस्करण

नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको आज निधन भएको छ । ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन पाण्डेले जानकारी दिए। स्वास्थ्यमा केही समस्या देखिएपछि उनी  केही दिनदेखि त्यहाँ उपचाररत थिइन् ।

 सर्वोच्च अदालतमा पुग्ने उनी दोस्रो महिला न्यायाधीश थिइन् । सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ ०६१ वैशाख ३ देखि ०६५ जेठ २१ गतेसम्म कार्यरत रहिन् । उनी अधिकृतदेखि नै न्यायक्षेत्रमा कार्यरत थिइन् । 

श्रेष्ठको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि हुने जानकारी दिइएको छ । उनका दुई छोरा  छन् । 

सुझावित समाचार