सडक दुर्घटनामा एकजनाको मृत्यु

शुक्रबार, १६ फागुन, २०८१
डिजिटल संस्करण

बर्दियामा भएको सडक दुर्घटनामा एकजनाको पुरुषको मृत्यु भएको छ । सडक दुर्घटनामा परी ठाकुरबाबा नगरपालिका– ३ का ६० वर्षीय दरबारी थारूको मृत्यु भएको हो ।

बिहीबार साँझ करिब साढे सात बजेको समयमा भुरीगाउँबाट बनकट्टी जाँदै गरेको भे.१२ प ११०८ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियाे। दुर्घटना भएको मोटरसाइकल ठाकुरबाबा नगरपालिका– ३ का ६० वर्षीय माक्खुराम थारू चलाएको  र दरबारी थारू माेटरसाइकलमा पछाडि बसेकाे जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तीमगरले बताए ।

उनले भने, ‘उपचारको क्रममा मोटरसाइकलको पछाडि बसेका दरबारीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ भने मोटरसाइकलचालक माक्खुरामलाई थप उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ ।’

मोटरसाइकल दुर्घटना भएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक घर्तीमगरले जानकारी दिए । 
 

सुझावित समाचार