बर्दिया प्रहरीले जुवाको खालबाट सातजना जुवाडेलाई पक्राउ गरेको छ । बाँसगढी नगरपालिका– ५ मा रहेको मुनलाइट होटेलको कोठामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले सातजना जुवाडेलाई पक्राउ पक्राउ गरेको हो ।
प्रहरीले बुधबार राति १० बजे जुवाको खालबाट सातजनालाई नगदसहित पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका– ५ बस्ने रामबहादुर बुढाथोकी, लक्ष्मीप्रसाद पौडेल, दयाराम लम्साल, शिवबहादुर सुनार, जीवन पौडेल, दीपक सुनार र बढैयाताल गाउँपालिका– ६ रानीपुर बस्ने विष्णुराज पौडेल रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सातजनाकाे साथबाट एक लाख ८४ हजार रुपैयाँ, सातवटा मोबाइल र तीन गड्डी तास फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए । उनले भने, ‘पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय मोतीपुरमा राखी अनुसन्धान भइरहेको छ ।’