रारातालको किनारमा अवस्थित एक होटेलमा आगलागी

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

मुगुको रारातालको किनारमा अवस्थित एक होटेलमा गएराति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठैकाठको संरचनाले बनेका ती भवनमा क्षति पुर्याएको छ ।

नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका छन् । आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जनाकाे प्रहरी टोली रारा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्यासको सिलिन्डर पड्कँदा अन्य तीन भवनमा क्षति पुर्याएको छ ।

प्रहरी, सेना र सशस्त्र प्रहरीले होटेलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटेल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारेका थिए । घटनास्थलमै रहेकाे प्रहरीले अहिले मुचुल्का संकलन गर्दै छ । मुचुल्का संकलनपछि क्षतिको यकिन विवरण सार्वजनिक गरिनेछ। आगलागी बिहान ३ बजेतिर नियन्त्रणमा आएको थियो ।

See More On

सुझावित समाचार