महाशिवरात्रिको अवसरमा पशुपति मन्दिर दर्शनमा आउने भक्तजनहरूलाई मैनाली समाज, नेपालले निःशुल्क चिया, पानी र बिस्कुट वितरण गरेको छ । बत्तीसपुतलीमा समाजले बुधबार बिहानैदेखि भक्तजनहरूलाई यस्तो सेवा दिएको हो।
शिवरात्रिमा हरेक वर्ष भक्तजनहरूलाई यसरी चिया, पानी खुवाउने गरिएको मैनाली समाजका अध्यक्ष शम्भु मैनालीले बताए । बत्तीसपुतलीस्थित अनुपम फुड ल्यान्डको गेटबाट साँझसम्मै आउने भक्तजनहरूलाई सेवा दिइने समाजले जनाएको छ ।