माओवादीले अब भ्रष्टाचारी र तिनका रक्षकको बैसाखी टेक्दैन : अध्यक्ष प्रचण्ड

मंगलबार, १३ फागुन, २०८१
डिजिटल संस्करण

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै हालतमा भ्रष्टाचारी र तिनका रक्षकहरूको बैसाखी नटेक्ने प्रतिबद्धता जनाएका छन् । तराई मधेश जनजागरण अभियानको दोस्रो दिन मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलो बजारमा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब माओवादीले कसैको बैसाखी नटेकी आफ्नै बलमा शासनसत्ता हातमा लिएर आफैँले सञ्चालन गरेरै छाड्ने प्रतिबद्धता जनाएका हुन् । 

माओवादी बलियो भए मात्र देशमा स्थिरता र समृद्धि सम्भव हुन्छ भन्दै अध्यक्ष प्रचण्डले कसैको बैसाखी नटेकी आफ्नै शासनसत्ता सञ्चालन गर्ने संकल्प लिएर तराई मधेश जनजागरण अभियान लिएर जनतामाझ आएको बताए । भ्रष्टाचारी नेता र माफियाहरूविरुद्ध अभियान चलाएकैले माओवादीलाई सरकारबाट बाहिर जान बाध्य पारेको भन्दै प्रचण्डले भने, ‘अब कुनै पनि हालतमा भ्रष्टाचारी र तिनका रक्षकहरूको बैसाखी माओवादीले टेक्नेछैन, बरु अझै भण्डाफोर गर्दै जानेछ ।’ 
पूर्वप्रधानमन्त्री प्रचण्डले पहिले कांग्रेस र एमालेसँग गठबन्धन गरेर घाटा मात्रै खाएको, तर अब उनीहरूलाई नाफा मात्रै हुने र आफूहरूले घाटा मात्रै खाने काम कदापि नगर्ने बताए । 

कांग्रेस–एमालेसँग सहकार्य गर्दा आफूहरू बिग्रन पुगेको, तर अब बुर्जुवाहरूको चिप्ला कुराको पछि नलागी जनताको मुद्दासँगै समुदायमै पुगेर सँगसँगै हिँड्ने बताए । 

See More On

सुझावित समाचार