सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

मंगलबार, १३ फागुन, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । आज सुन प्रतितोला रु. पाँच सय बढेको हो । त्यसैगरी, चाँदी प्रतितोला रु. १५ घटेको छ ।

सोमबार प्रतितोला रु. एक लाख ७० हजार आठ सयमा किनबेच भएको सुनको मूल्य आज बढेर प्रतितोला रु. एक लाख ७१ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदी प्रतितोला रु. एक हजार ९७० मा कारोबार हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ९३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

See More On

सुझावित समाचार