शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ जाँदा हराएका १० जनाको प्रहरी, सेना र वन कार्यालयले उद्धार गरेको छ। शनिबार दिउँसो हाइकिङ गएकाहरू हराएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार १० मध्ये ६ जनालाई शनिबार बेलुका सवा सात बजे तथा अन्य चारजनालाई आइतबार बिहान १.४० मा उद्धार गरिएको हो।