सात वर्षको पोथी गैँडा मृत अवस्थामा फेला

आइतबार, ११ फागुन, २०८१
डिजिटल संस्करण

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा सात वर्षको पोथी गैँडा मृत अवस्थामा फेला परेको छ । कावासोतीको कृष्णसार र गुन्द्रही ढकाहा वनको सिमानामा शनिबार दिउँसो गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।

थापाका अनुसार मृत गैँडामा पुरानो घाउ देखिएको छ । अर्को गैँडासँग जुधेर घाइते भएर बिरामी परेर गैँडा मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए । मृत गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।

बँदेल मारेको अभियोगमा सातजना पक्राउ

बँदेल मारेको अभियोगमा नवलपुरको कावासोतीबाट सातजना पक्राउ परेका छन् । नवलपुरको कावासोती- ११ को कुढौली मध्यवर्ती सामुदायिक वन र कावासोती–१२ को राजरत्न मध्यवर्ती सामुदायिक वनको सिमानामा बँदेलको मासुसहित सातजनालाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।

पक्राउ परेकाहरूबाट प्लास्टिकको झोलामा पोको पारेको अवस्थामा बँदेलको मासुसमेत बरामद भएको उनले बताए । पक्राउ परेकाहरू कावासोती ११ र १२ का रहेका छन् । उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ ।

See More On

सुझावित समाचार