स्व. नरेन्द्र रावत स्मृति भलिबल प्रतियोगिताको उपाधि कञ्चनपुरको भीमदत्त नगरपालिका ११ नम्बर वडाको टिमले जितेको छ। रिङगौना खेलकुद संवर्द्धन तथा संरक्षण समितिले आयोजना गरेको स्व. नरेन्द्र रावत स्मृति भीमदत्त नगर वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ११ को टिमले जितेको हो।
शुक्रबार भएको फाइनलमा वडा नम्बर ११ ले वडा नम्बर १० (ए)लाई ३–२ को सेटमा पराजित गरेकाे हाे । वडा १० (ए) ले उपविजेतामा चित्त बुझाउँदा वडा नम्बर ९(ए) तेस्रो भयो। प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५१ हजार, २६ हजार र १५ हजार रुपैयाँसहित ट्रफी र मेडल पाए।
यसैगरी, अल राउन्डर विवेक जोशी, बेस्ट लिप्टर विशाल तिरुवा, बेस्ट सर्भिस देवराज जोशी, बेस्ट ब्लकर सुनील दमाईं, बेस्ट डिफेन्सर लक्की तिरुवा, बेस्ट स्पाइकर भीम नाथ घोषित भए।
कार्यक्रममा सिद्धनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष केशवसिंह नायक, राष्ट्रिय रेफ्री धौलतसिंह पुजारा, सहायक रेफ्री हिमालय विष्ट, नीरज विकसहित प्रतियोगिताका सहयोगी व्यक्ति र संघसंस्थाहरूलाई सम्मानसमेत गरिएको छ।