हत्या गरी परालले छोपेको अवस्थामा महिलाको शव फेला

बिहिबार, ८ फागुन, २०८१
डिजिटल संस्करण

रुपन्देहीको सियारी गाउँपालिका– २ भगदवरीमा पलालले छोपेको अवस्थामा महिलाको शव फेला परेको छ।  बेथरी–वेलवास सडकखण्डको भगदरी भन्ने स्थानमा अन्दाजी ३५–४० वर्षकाे जस्तो देखिने महिलाको शव परालले छोपेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

टाउकोमा ढुंगाले थिचेकोजस्तो देखिने अवस्थमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीले बताए। घटनाबारे जानकारी आएसँगै बेथरी प्रहरी चौकीको टोली घटनास्थल पुगेको र अनुसन्धान गरी शवको मुचुल्का गरी उठाउने काम भइरहेको प्रहरीले जनाएको छ। 
 

See More On

सुझावित समाचार