भारत सरकारले नेपाली विद्यार्थीको कल्याणमा सबै कदम चाल्नेछ : भारतीय दूतावास

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण

काठमाडौंस्थित भारतीय दूतावासले भारत सरकारले भारतमा रहेका नेपाली विद्यार्थीहरूको कल्याण सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्ने विश्वास व्यक्त गरेको छ।

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपश्चात् भएका घटनाक्रमका बारे जानकारी दिन मंगलबार जारी विज्ञप्तिमा दूतावासले यस्तो जनाएको हो। 

विज्ञप्तिअनुसार दूतावासले घटनाक्रमको सम्बन्धमा ओडिसा सरकारका अधिकारीहरू र केआइआइटीसँग निरन्तर सम्पर्क गरिरहेको छ।

सुझावित समाचार